माधव नेपालले दिए पूर्व राजालाई यस्तो सुझाव

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीतिक पार्टी खोल्न वा व्यापारमा लाग्न सुझाव दिएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले अब राजतन्त्रको कुनै भविष्य नभएको बताएका छन् । नेपालको सङ्केत राम्रो नदेखिएको भन्दै राजनीतिमा कालो बादल मडारिरहेको भन्दै नेपालले भने ,‘सावधान म भन्न चाहन्छु । प्रतिगामी तत्वहरुलाई भन्न चाहन्छु । फेरि शीर उठाउने चेष्टा नगर्नुहोस । नदीको प्रवाह अघि बढिसकेको छ । अब नेपालमा रजातन्त्रको कुनै भविष्य छैन् । नेपाली जनता फेरि ज्वालामुखीझैं मेचीदेखि महाकालीसम्म विष्फोट हुन्छन् ।’



नेपालले पूर्व राजालाई सङ्केत गर्दै भने, ‘राजाले पनि पार्टी खोले हुन्छ । नत्र व्यापार गरे हुन्छ ।’ नेपालमा राजतन्त्रको कुनै भविष्य नभएको भन्दै उनले दुस्साहस नगर्न आग्रह गरे । उनले भने ‘नेपालको रक्षा हामी नेपाली जनताले गर्न सक्छौं, सामाजवदाको यात्रा, सामाजिक न्याय, समानता विकास र समृद्धिको यात्रामा हामी अघि बढ्नेछौं ।’ त्यस्तै उनले लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसात् गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार