नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ मंसिर ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षको अहिले साँझ बसेको बैठकले रामचन्द्र पौडेललाई सभापतिको साझा उम्मेद्वार बनाउने निर्णय गरेको छ । यसअघि सभापतिमा दाबी गर्दै आएका प्रकाशमान सिंह र शेखर कोइरालाले मौन समर्थन जनाएसँगै पौडेल साझा उम्मेद्वार बन्ने भएका हुन् ।
आफ्नोपक्षबाट सभापतिलगायतका उम्मेदवार टुङ्ग्याउन पौडेलपक्षीय नेताहरु बैठकमा जुटेका हुन्। सभापतिसँगै नेताहरु पदाधिकारी टुंग्याउने तयारीमा जुटेका छन् । आजै प्यानल सार्वजनिक गर्ने यो समूहको तयारी छ ।
बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको छलफलमा उपसभापति र महामन्त्रीमा अधिकांश नेताहरुले आकांक्षा देखाएकोले सहमति जुटाउन सकस भैरहेको एक नेताले जानकारी दिए ।

