नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ मंसिर ।

नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा संस्थापन पक्षबाट कृष्ण प्रसाद सिटौला समूहमा रहेका प्रदीप पौडेललाई महामन्त्री बनाउने गरी सहमति भएको छ। केहीबेर अघि भएको सहमतिअनुसार पौडेललाई महामन्त्री बनाएर जान देउवा पक्ष र सिटौला पक्षले सहमति गरेका छन्।
कांग्रेसमा तेस्रो धार भनेर चिनिएको सिटौला पक्षले संस्थापन र पौडल दुवै समूहसँग भागबण्डा मिलाउनेबारे कुरा गरिरहेको थियो।
आजको सहमतिअनुसार अब संस्थापन र सिटौला पक्ष मिलेर निर्वाचनमा जानेछन्। देउवाले आजै अन्य पदाधिकारीको उम्मेद्वार तय गर्ने तयारी गरिरहेका छन् ।

