कांग्रेस केन्द्रीय सदस्यमा ढुंगाना र रिजाल निर्विरोध

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएको निर्वाचन समिति सदस्य तेज रावलले बताए । निर्वाचन समितिले दिएको समयसीमामा जंगीलाल यादवले उम्मेदवारी फिर्ता लिएसँगै ढुंगाना र रिजाल सर्वसम्मत निर्वाचित भएका हुन् ।



ढुंगाना र रिजाल दुवैजना संस्थापन पक्षका हुन् । उक्त पदमा ढुंगाना, राय र रिजालको उम्मेदवारी परेको थियो ।

सम्बन्धित समाचार