कांग्रेस महाधिवेशन : ८ बजे सुरु गर्ने भनिएको मतदान अझै हुन सकेन

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा आज मतदान हुँदैछ । बिहान ८ बजेदेखि मतदान सुरु गर्ने केन्द्रीय निर्वाचन समितिले जनाए पनि अझै मतदान सुरु हुन सकेको छैन ।

आवश्यक तयारी तयारी पूरा हुन नसकेका कारण मतदानमा ढिलाइ भएको बताइन्छ । प्रतिनिधिहरु भोट खसाल्न लामबद्ध भएका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले मत मागिरहेका छन् ।



सभागृहलाई मतदान स्थल क र ख बनाइएको छ भने ग लाई भृकुटीमण्डपलाई बनाइएको छ । प्रधानमन्त्रीलगायत शीर्ष नेताहरूले सभागृहमा मतदान गर्ने छन् ।

सम्बन्धित समाचार