नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ मंसिर ।

जनप्रगतिशील मञ्च जापानको आठौं अधिवेशनबाट अध्यक्षमा भवानी पन्त निर्विरोध चयन भएका छन् । अधिवेशनले रामहरी पुडासैनीलाई इन्चार्जको जिम्मेवारी दिएको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा मोहन पौडेल, श्यामहरी पाण्डे , श्रवण सत्याल , जनक सुबेदी, आरएच गौतम र नवराज गौतम चुनिएका छन् भने महासचिवमा बाबुराम पौडेल चुनिएका छन् ।
उपमहासचिवमा दावा शेर्पा, शिबु थापा, राम कृष्ण भण्डारी चुनिएका छन् भने सचिवमा बेनुका खड्का, अर्जुन आमगाई, खगराज गौतम र गौरिशंकर गैरे चयन भएका छन् । कोषाध्यक्षमा भुवन हुमागाई चयन हुँदा सह -कोषाध्यक्षमा गौरी शंकर सापकोटा र धुर्व अधिकारीलगायत२१ सदस्य निर्विरोध चुनिएका छन् ।
आइतबार टोकियोमा सम्पन्न अधिवेशनलाई भर्चुवल माध्यमबाट सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा विदेश विभाग प्रमुख नारायण काजी श्रेष्ठ र प्रवास समन्वय समितीका अध्यक्षले ओम शर्माले नेपालीहरुको हकहितको आवाजलाई बुलन्द पार्दै जापानमा संगठन हाक्न सक्ने नेत्तृत्व चयन गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा प्रवास समन्वय समिती पूर्वी एसियाका संयोजक हर्क थापा, प्रवास समन्वय समितीका सदस्य डा भुपालमान श्रेष्ठ,एसिया प्यसिफिकका नेताहरु भवानी पन्त, रामहरी पुडासैनी, मञ्चका सचिव सालीकराम भण्डारी, निवर्तमान अध्यक्ष हवल चन्द्र लामा, पूर्व अध्यक्ष मोहन खत्री, अरुण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
अधिवेशनले सल्लाकार समितीको अध्यक्षमा मञ्चका निवर्तमान अध्यक्ष हवल चन्द्र लामालाई चयन गरेको छ।
