नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ मंसिर ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइराला रामचन्द्र पौडेलसँग भेट गर्न बोहराटार पुगेका छन्। कांग्रेस वरिष्ठ नेता पौडेलले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेको खबर बाहिरिएपछि पौडेल भेट्न कोइराला सोमबार बिहान बोहराटार पुगेका हुन्।
भेटमा नेता पौडेलले बाहिरी हल्लाको पछि नलाग्न कोइरालालाई सुझाव दिएका थिए। भेटमा पौडेलले कोइरालालाई जीतको शुभकामना दिएकाको कोइरालाको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवा समूहले रामचन्द्र पौडेलले आफूलाई सघाउने भनी प्रचार गरेकोप्रति संकेत गर्दै पौडेलले आफ्नो शुभेक्षा कोइरालालाई नै रहेको बताएका थिए।
भेटका अवसरमा पौडेलले संस्थापनइतर एक हुन नसकेको भने दुःख प्रकट गरेका थिए। सभापतिका दुई प्रत्यासी प्रकाशमान सिंह र शेखर कोइराला मिल्न सकेको भए राम्रो हुने उनको भनाइ थियो।

