कांग्रेस महाधिवेशनमा मतपत्र सकिएपछि मतदान रोकियो

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतपत्र सकिएपछि मतदान रोकिएको छ। नेतृत्व चयनका लागि जारी मतदानका क्रममा मतपत्र सकिएको हो। मतपत्र सकिएपछि मतदान रोकिएको छ।

छापिएका मतपत्रहरू आउने क्रममा रहेको र मतपत्र आएपछि पुनः मतदान सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ। मतदानको समय राती ९ बजेसम्मलाई तोकिएको छ ।



घण्टौं लाइनमा बस्दासमेत पालो नआएपछि मतदाता आक्रोशित बनेका छन्। एक जनाले मतदान गर्न करिब पौने घण्टा लाग्ने गर्दछ। दिउँसो पनि मतपत्र सकिएपछि केहीबेर मतदान रोकिएको थियो।

सम्बन्धित समाचार