भोलिको संसद् बैठकमा पेस गरिनेछ यी ६ अध्यादेश

मंगलबारदेखि सुरु हुने प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा ६ वटा अध्यादेश पेस हुने भएका छन्। मंगलबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ३, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रणुकुमार यादवले १ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडुले २ वटा अध्यादेश पेस गर्नेछन्।

मंगलबार दिउँसो २ बजे बस्ने गरी प्रतिनिधि सभाको बैठक बोलाइएको छ। संघीय संसद् सचिवालयका अनुसार बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीयदको अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन्।



त्यसपछि सभामुख सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन्। मनोनयनपछि गृहमन्त्री खाणाले नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० पहिलो संशोधन अध्यादेश २०७८, तेजाब तथा घातक रसायनिक पदार्थ नियमन अध्यादेश २०७८ र सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश २०७८ पेस गर्नेछन्।

यातायातमन्त्री यादवले रेल्वे अध्यादेश, २०७८ पेस गर्नेछिन्। यस्तै, संसदीय मामिला मन्त्री बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पेस गर्नेछन्।

गत जेठ ७ गते मध्यरातमा भएको विघटनको निर्णय सर्वोच्च अदालतले उल्टाएपछि प्रतिनिधि सभाको तेस्रो अधिवेशन सुरु हुन लागेको हो। यसअघि नवौं अधिवेशनका सबैजसो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पुर्‍याउँदै आएको थियो।

सम्बन्धित समाचार