३१८१ मतगणना हुँदा देउवाले बढाए अग्रता, कसको कति मत ?

कांग्रेसको नयाँ सभापति चयनका लागि भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।

जारी मतगणनाको पछिल्लो परिणाम अनुसार ३१८१ मतगणना हुँदा शेरबहादुर देउवाले १५०७ मत ल्याउँदा शेखर कोइरालाले ११६४ मत ल्याएका छन् । त्यसैगरी प्रकाशमान सिंहले २५४, विमलेन्द्र निधि १९०, र कल्याण गुरुङले १६ मत ल्याएका छन् ।



कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचार