३२८२ मत गणना हुँदा देउवाले बढाए अग्रता, कस्को कति मत ?

नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ। सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइरालाले पछ्छाइरहेका छन् ।

निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार २ सय ८२ मत गणना भएको छ। जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १ हजार ५ सय ५६ मत प्राप्त गरेका छन्। कोइरालाले १ हजार १ सय ९७ मत पाएका छन्। यसैगरी, प्रकाशमान सिंहले २ सय ५७, विमलेन्द्र निधिले २ सय १ र कल्याण गुरुङले १७ मत मात्र प्राप्त गरेका छन्।



कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

 

सम्बन्धित समाचार