देउवाले प्रधानमन्त्रीको अफर गरेपछि प्रकाशमानले फर्काए यस्तो जवाफ

नेपाली कांग्रेसको जारी महाधिवेशनमा पहिलो चरणको मतदानबाट सभापति टुंगो लाग्न नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको छ । दोस्रो चरणको निर्वाचनका लागि शेरबहादुर देउवा र डा शेखर कोइराला भिड्दैछन् ।

दोस्रो चरणको मतदान हुने भएपछि देउवानिकट नेता एंव गृहमन्त्री बालकृष्ण खाँण आज बिहान नेता प्रकाशमान सिंहलाई भेट्न उनकै निवास चाक्सीबारीमा पुगेका छन् । भेटमा खाँणले सिंहसँग दोस्रो चरणको मतदानमा देउवालाई सहयोग गर्न प्रस्ताव राखेका छन् ।



स्रोतका अनुसार देउवाको दूतको रुपमा खाँणले प्रकाशमानलाई प्रधानमन्त्रीको अफर गरेका थिए । देउवाको संदेश सुनाउँदै खाँणले दोस्रो चरणमा सघाएको खण्डमा आगामी प्रधानमन्त्री प्रकाशमानलाई बनाउने आस्वासन दिएका छन् ।

सिंहले आफ्नो समूहमा छलफल गरेरमात्रै कसलाई सघाउने भन्ने निर्णय गर्ने जवाफ दिएको बताइन्छ । यसअघि उनले दोस्रो चरणमा कोइरालालाई सघाउने बताउँदै आएका थिए ।

सम्बन्धित समाचार