देउवा र निधिबीच भयो यस्तो सहमति

प्रधानमन्त्री तथा सभापति उम्मेदवार शेरबहादुर देउवा कांग्रेस नेता विमलेन्द्र निधिले पनि समर्थन गर्ने भएका छन् । आज (मंगलबार) निधिलाई भेट्न देउवा उनको निवास पुगेका थिए । उनले निधिलाई दोस्रो चरणको निर्वाचन सहयोग गर्न प्रस्ताव गरेका थिए ।

त्यस्तै निधिले दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् । अब देउवाले प्रकाशमान सिंह र विमलेन्द्र निधि दुबैले समर्थन गर्ने भएका छन् । देउवाले यसअघि नेता प्रकाशमान सिंहलाई भेटेका थिए । प्रकाशमान सिंहले दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।



कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए । सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।

अब दोस्रो चरणमा देउवा र डा. शेखरबीच सभापति पदका लागि निर्वाचन हुँदैछ । निर्वाचन समितिले दोस्रो चरणको निर्वाचन आज अपरान्ह साँढे ३ बजेदेखि मतदान हुने जनाएको छ ।

 

सम्बन्धित समाचार