हृदयेश त्रिपाठीले खोले नयाँ पार्टी

हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् । आज (मंगलबार) राजधानीमा एक कार्यक्रम आयोजना गर्दै उनले नयाँ पार्टीको घोषणा गरेका हुन् ।

उनले ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गरेका हुन् । त्रिपाठी तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका थिए । त्रिपाठी सो पार्टीको संयोजक रहेका छन् । त्रिपाठी गत निर्वाचनमा एमालेको सूर्य चुनाव चिन्हबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।



टीकापुर घटनामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइको माग गर्दै उनको पक्षमा उभिएर त्रिपाठीले पार्टीको घोषणा गरेका हुन् ।

 

सम्बन्धित समाचार