नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ मंसिर ।

नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनित ४४ जना सदस्यलाई शपथग्रहण आज हुने भएको छ। तुल्सीलाल अमात्य प्रतिष्ठान भवन च्यासलमा बिहान ११ बने पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यहरुलाई सपथ गराउने कार्यक्रम रहेको छ।
मंसिर २५ र २६ गते बसेको एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले ४४ जनालाई केन्द्रीय कमिटीमा मनोनित गर्ने निर्णय गरेको थियो।
केन्द्रीय सदस्य, पोलिट व्यूरो र स्थायी कमिटी सदस्य चयनमा एकलौटी निर्णय गरेको भन्दै अध्यक्ष ओलीको कार्यशैलीको आलोचना भैरहेको छ ।

