नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ मंसिर ।

नेकपा एमालेका मनोनित ४४ जना केन्द्रीय सदस्यले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आज (बुधबार) ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराएक हुन् ।
भक्तपुरमा मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले ४४ जनालाई केन्द्रीय सदस्यलाई मनोनित गरेको थियो । मनोनित हुनेमा लालबाबु पण्डित, विशाल भट्टराईदेखि मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंसम्म रहेका छन् ।
एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए जसमा खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना रहेका छन् ।

