नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ मंसिर ।

नेपाली कांग्रेसको नव निर्वाचित सभापति शेरबहादर देउवालाई अमेरिकाले बधाई दिएको छ । आज (बुधबार) अमेरिकी दूतावासले एक ट्विट गर्दै कांग्रेस सभापतिमा पुन: निर्वाचित भएकोमा प्रधानमन्त्री देउवालाई बधाई दिएको हो ।
अमेरिकाले प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्र तथा निष्पक्ष निर्वाचनका पक्षमा प्रतिबद्ध रहेको भन्दै देउवालाई बधाई दिएको हो । दोस्रो चरणमा मंगलबार भएको मतदानमा सभापति पदका अर्का उम्मेदवार डा. शेखर कोइरालालाई ८७८ मत अन्तरले पराजित गर्दै देउवा दोस्रो पटक सभापतिमा विजयी भएका हुन् । कांग्रेस सभापतिका उम्मेदवारले पहिलो चारणमा बहुमत नल्याएकापछि दोस्रो चरणमा चुनाव भएको थियो ।
अमेरिकाले ट्विटरमा लेखेको छ, ‘Congratulations to Right Honorable Prime Minister @SherBDeuba for his re-election as the president of the Nepali Congress. The U.S. remains committed to democracy, human rights and free and fair elections.’
अमेरिकाको ट्विट :

