ओलीले प्रचण्ड र माधवलाई अस्थिरताको संवाहक भनेपछि…

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल कमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल अस्थिरताको संवाहक भएको बताएका छन् ।

आज (बुधबार) ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । देशमा अस्थिरता ल्याउन प्रचण्ड र माधवकुमार नेपाल सक्रिय भएको आरोप लगाउदै ओलीले प्रचण्ड र माधवलाई अस्थिरताका सम्वाहकको संज्ञा दिएका हुन् ।



उनले भने ‘अहिले नियन्त्रित अस्थिरता मच्चाउन तत्वहरु सक्रिय छन् । ती शक्तिमा सबैभन्दा चर्कोगरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी । सबैभन्दा बढी अस्थिरताका संवाहक तत्वहरु यिनीहरु नै हुन् ।’

सम्बन्धित समाचार