नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ मंसिर ।

नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना सुरू भएको छ। कांग्रेस केन्द्रीय कार्यालयमा जारी मतगणना राति १० बजेसम्म सक्ने तयारी छ। निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार उपसभापतिको मतगणना तीन ठाउँमा भइरहेको छ।
दुई जना उपसभापतिका विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्येश्वरी शाह गरि ६ नेता चुनावी प्रतिस्पर्धामा छन्।
महामन्त्रीको मतगणना पनि आजै सुरु गर्ने निर्वाचन समितिले जनाएको छ । सभापतिमा संस्थापन पक्षले बाजी मारेकोले पदाधिकारीमा पनि संस्थापन पक्ष हाबी हुने अनुमान गरिएको छ ।

