
नेपाली कांग्रेसको उपसभापतिमा झिनो मतले पराजित भएका विजयकुमार गच्छदारले पुन:मतगणनाको माग राख्ने भएका छन्। उनी अहिले पुन: मतगणनाको माग राख्न सानेपास्थित पार्टी कार्यालयमा निवेदन दिने तयारीमा छन् ।
त्यसै कारण मतगणना सकिँदा पनि परिणाम अहिलेसम्म घोषणा गरिएको छैन। निर्वाचन समितिले घोषणा गरिनसकेको भए पनि निर्वाचित गुरुङलाई उनले पाएको मत र गच्छदारले पाएको मतबारे जानकारी गराइसकेको छ।
बुधबार राति सम्पन्न मतगणनाको औपचारिक परिणाम घोषणा हुन बाँकी छ। यद्यपि उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन्।
खड्का सबैभन्दा धेरै मत ल्याएर विजयी भएका हुन्। गुरुङले भने गच्छदारलाई मात्र दुई मतले पछाडि पारेका छन्। त्यसमा असन्तुष्टि जनाउँदै गच्छदारले पुन: मतगणनाको माग गर्न लागेका हुन्।

