महामन्त्रीमा गगन र प्रदीपले लिए अग्रता, कस्को कति मत ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ। विहीबार कांग्रेसको दुई महामन्त्री पदतर्फको मतगणना चलिरहेको छ। प्रारम्भिक नतिजा अनुसार महामन्त्तीका उम्मेदवार गगनकुमार थापाले अग्रता लिएका छन्।

६०० मत गणना गर्दा गगन थापाले ३८१ मत प्राप्त गरेका छन् भने प्रदीप पौडेलले २०७ मत प्राप्त गरेका छन् । त्यसैगरी विश्‍वप्रकाश शर्माले २२८ मत प्राप्त गरेका छन्।



डा प्रकाशशरण महतले २०१ र डा मिनेन्द्र रिजालले १०१ मत प्राप्त गरेका छन्। त्यसैगरी महामन्त्रीका अर्का उम्मेदवार डा राजराम कार्कीले २८ मत प्राप्त गरेका छन्।

सम्बन्धित समाचार