
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समिति अनुसार ३४२० मतगणना हुँदा २२२७ मतसहित गगन थापाले अग्रता लिएका छन् भने दोस्रोमा विश्वप्रकाश शर्माले १३७६ मत ल्याएका छन् भने डा .प्रकाशशरण महतले ११२७ मत प्राप्त गरेका छन् । त्यस्तै प्रदीप पौडेलले १०३० र डा .मीनेन्द्र रिजालले ६०३ मत पाउँदा डा .राजाराम कार्कीले ७७ मत प्राप्त गरेका छन् । दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटासम्म मत दिन पाउने व्यवस्था छ ।
मतगणना तीन स्थानमा सुरु गरिएको र छ घण्टाभित्र मतपरिणाम आइसक्ने जानकारी दिए । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका युवा नेताहरु गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदिप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार छन् ।

