
बुद्ध एयरको ९ एन एईई बीचक्राफ्ट जहाज भरतपुरमा आपतकालीन अवतरण गरेको छ। भरतपुरबाट काठमाडौँका लागि उडान भरेको बीचक्राफ्ट जहाजको दुईमध्ये बायाँ इन्जिन फेल भएपछि पुनःभरतपुरमै अवतरण गरेको हो ।
विमानस्थल स्रोतका अनुसार दिउँसो १ः१६ बजे आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो । जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् । अन्य कारणका बारेमा खोजी भइरहेको छ ।
बुद्ध एयरको बीच क्राफ्ट जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए । यात्रु र चालक दल सबै सकुशल रहेका छन् । कुनै समस्या हुनसक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको छ। यससँगै यहाँबाट हुने हवाई उडान प्रभावित भएको छ । विमानस्थल बन्द गरिएको छ ।

