राष्ट्रियसभा निर्वाचनका लागि आयोगले तोक्यो १४ मतदान केन्द्र

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र तोकिएको छ। निर्वाचन आयोगले प्रदेश १ मा २ र अन्य ६ वटा प्रदेशमा १-१ वटा मतदान केन्द्रभित्र २-२ वटा मतदानकेन्द्र रहने गरी ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्रहरु निर्धारण गरेको छ।

प्रदेश सभा सदस्यहरु ५३२ तथा पालिका प्रमुख र उपप्रमुखहरु १४९३ गरी कूल २०२५ जना मतदाता रहेको आयोगले जनाएको छ। राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते हुँदैछ।



आयोगका अनुसार निर्वाचनका लागि प्रदेश सभा सदस्यहरु ५३२ तथा पालिका प्रमुख र उपप्रमुखहरु १४९३ गरी कुल २०२५ जना मतदाता हुनेछन् ।

सम्बन्धित समाचार