महामन्त्रीमा विजयी भएपछि गगन थापाले दिए यस्तो प्रतिक्रिया

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले अब आफू कुनै एक समूहको महामन्त्री नभएर सबैको महामन्त्री भएको बताएका छन्। महामन्त्रीमा निर्वाचित भएपछि अनुमप पार्टी प्यालेसमा आयोजित कार्यक्रममा उनले उम्मेदवारी दिँदा एउटा समूहबाट दिएपनि निर्वाचित भएपछि अब सबैको महामन्त्री भएको बताए।

‘एउटा समूहको उम्मेदवार बनेपनि निर्वाचित भइसकेकोले समूहको महामन्त्री अब होइन। सबैको महामन्त्री हुँ। मलाई महामन्त्री बनाउन तपाईंहरु खट्नु भयो। अब खट्ने पालो मेरो हो। बेठीक व्यक्तिलाई महामन्त्री बनाएछ भन्ने हुन दिने छैन, थापाले भने।



थापाले आफूलाई निर्वाचित गराउन सबै प्रतिनिधिलाई धन्यवाद दिएका छन्। निर्वाचित सभापति शेरबहादुर देउवादेखि उपसभापति, महामन्त्री सबैलाई उनले धन्यवाद दिए।

सम्बन्धित समाचार