नवकान्तिपुर संवाददाता
काठमाडौं, २ पुस ।
हिमालयन बैंकको कावासोती शाखाद्वारा स्थानीय शिव नमुना माविमा अध्ययनरत निम्न आय भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई सहयोग स्वरूप मासिक छात्रवृत्ति तथा स्टेशनरी प्रदान गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयको ४८औं वार्षिकोत्सवको अवसर पारेर उक्त सहायता प्रदान गरको हो ।
बैंकले उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरूलाई ६ महिनाको छात्रवृत्ति (मासिक तथा भर्ना शुल्क) तथा कक्षा नर्सरीदेखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरूलाई स्टेशनरी सामान प्रदान गरेको हो ।
विद्यालयको वार्षिकोत्सवको अवसर पारेर हालै आयोजित एक समारोहका बीच बैंकका कावासोती शाखाका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त छात्रवृत्ति तथा स्टेशनरी सम्बन्धित विद्यार्थीहरूलाई हस्तान्तरण गरेका छन् ।