
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको परिणाम घोषणा भएको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम घोषणा भएको हो ।
महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ले शेखर कोइराला प्यानलका उम्मेदवार कमला पन्तलाई पराजित गरेकी छिन् । डिनाले २५३३ मत पाउँदा पन्तले २१०५ मत ल्याइन् ।
आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा पनि शेखर कोइराला प्यानलका विकास लामालाई हराउँदै शेरबहादुर देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे निर्वाचित भए । लामालाई ७९८ मतले पराजित गर्दै आङदेम्बे विजयी भएका हुन् । जम्मा ४६८१ मत खसेकोमा आङ्देङ्वेले २७११ मत ल्याए। लामाले १९१३ मत पाए ।
दलित क्लस्टरको सहमहामन्त्रीमा शेखर कोइराला प्यानलबाट जीवन परिवार निर्वाचित भए । उनले सभापति शेरबहादुर देउवा प्यालनका मानबहादुर विश्वकर्मालाई पराजित गरे । परियारले २२१२ मत र प्रतिस्पर्धी विश्वकर्माले २११२ मत ल्याउए ।
अरु पाँच सहमहामन्त्री पदको मतगणना भने आज हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

