कांग्रेस पाँच सहमहामन्त्रीको मतगणना सुरु, कसको पल्ला भारी ?

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको पाँच सहमहामन्त्रीको मतगणना सुरु भएको छ । आज (शुक्रबार) पार्टी कार्यालय सानेपामा बिहान ११ बजेबाट मतगणना सुरु भएको हो ।

कांग्रेस निर्वाचन समिति अनुसार अहिले खस–आर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रको तर्फका सहमहामन्त्रीको मत गणना भइरहेको जानकारी दिएको छ । पाँच सहमहामन्त्रीको मतगणना पाँच ठाउँमा भइरहेको कांग्रेस निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले बताए ।



खस आर्य सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट किशोरसिंह राठौर र देवराज चालिसे शेखर कोइरालाको प्यानलबाट उम्मेदवार छन् भने थारु कलस्टरमा देउवा समूहबाट उमाकान्त चौधरी र कोइराला समूहबाट तेजुलाल चौधरी उम्मेदवार छन् । त्यस्तै मुस्लिम कलस्टरको सहमहामन्त्रीमा देउवा प्यानलबाट फरमुल्लाह मन्सुर र कोइराला समूहबाट शेख वकिल उम्मेदवार छन् । यसैगरी पिछडिएको क्षेत्र कलस्टरको सहमहामन्त्रीमा जीवनबहादुर शाही देउवा पक्षबाट, बद्री पाण्डे कोइराला पक्षबाट र निधि चेतराज बराल पक्षबाट उम्मेदवार रहेका छन् ।

यसअघि बिहीबार राति महिला, दलित र आदिवासी जनजाति कोटाका सहमहामन्त्री पदको मतपरीणाम सार्वजनिक भइसकेको छ । जसमा महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासी जनजाति सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे र दलित सहमहामन्त्रीमा जीवन परियार निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार