प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएकाे छ । आज (शुक्रबार ) प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।

प्रचण्डले सभापतिमा निर्वाचित भएको देउवा तथा नेपाली कांग्रेसका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएको प्रचण्डका निजी सचिवालयले जनाएको छ । भेटमा समसामयिक राजनीतिक घटनाक्रम र सदन सुचारु गर्ने लगायत समसामयिम राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।



त्यस्तै भेटमा वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको आगामी रणनीतिबारे पनि उनीहरूबीच छलफल भएको छ । यसैगरी प्रचण्डले नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीमाथि गरिएको भनिएको कारबाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए ।

 

 

सम्बन्धित समाचार