
सरकारले पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज (शुक्रबार) गृह मन्त्रालयले एक सूचना प्रकाशित गर्दै आगामी आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
पुष ४ गते उधौली र योमरी पुन्ही-ज्यापु दिवस (धान्य पूर्णिमा) परेकाले सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही-ज्यापु दिवसको अवसरमा देशभरका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।
त्यस्तै सरकारले आज बिहीबार बसक मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।
सूचना
