
नेपाली कांग्रेसको खस-आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर विजयी भएका छन् । आज (शुक्रबार) भएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै उनी खस-आर्यतर्फको सहमहामन्त्रीमा निरवाच्त भएका हुन् ।
आज भएको मत परिणाम अनुसार राठौरले २५७६ ल्याए देवराज चालिसे २०५९ मत ल्याएका छन् । राठौर शेरबहादुर देउवा पक्षका उम्मेदवार हुन् भने चालिसे डा शेखर कोइराला पक्षका उम्मेदवार हुन् । त्यस्तै नेपाली कांग्रेसको मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर विजयी भएका छन् ।
पार्टी कार्यालय सानेपामा शुक्रबार भएको मतगणनामा शेखर कोइराला समूहका शेख वकिललाई पराजित गर्दै उनी सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । देउवा प्यानलका उम्मेदवार मन्सुरले २७७६ मत ल्याएका छन् भने कोइराला प्यानलका वकिलले १८७१ मत पाए।

