कांग्रेस पिछडिएका क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डे, यस्तो छ मत परिणाम

नेपाली कांग्रेसको पिछडिएका क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित भएका छन् । आज (शुक्रबार) पार्टी कार्यालय सानेपामा भएको मतगणनाअनुसार सभापति शेरबहादुर देउवा समूहका जीवन शाहीलाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् ।

पाण्डे २४११ मत ल्याएर सहमहामन्त्रीमा निर्वाचित भएका हुन् भने शाहीले २१३३ मत पाएका हुन् । कर्णालीको मुख्यमन्त्री समेत रहेका शाही पाण्डेसँग २७८ मतले पराजय व्यहोरेका हुन् ।



यस्तै चेतराज बरालले ९९ मत पाएका छन् । पाण्डे शेखर कोइराला प्यानलका उम्मेदवार हुन् ।

सम्बन्धित समाचार