
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पिछडिएको क्षेत्र (खुला) तर्फबाट अर्जुन जंगबहादुर सिंह केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
शुक्रबार भएको मत परिणाम अनुसार सिंह २५७७ मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका हुन् । त्यस्तै दीपकजंग शाहले भने २०५६ मत ल्याएका छन् । सिंह सभापति शेरबहादुर देउवा पक्षका उम्मेद्वार हुन् । मतदानमा जम्मा चार हजार ६७२ मत खसेकामा ३९ मत बदर भएको थियो ।
त्यसैगरी अहिले पार्टी कार्यला सानेपामा केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को मतगणना जारी रहेको छ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।

