स्रोत नखुलेको रकम सहित पासवान पक्राउ

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् । रौतहट, गौर नगरपालिका-१ स्थित सडकबाट स्रोत नखुलेको ४ लाख ५० हजार नेपाली रुपैयाँ सहित भारत घर भएका १९ वर्षीय विकाश कुमार पासवानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बैरगिनियाबाट गौरतर्फ आउँदै गरेको बिआर ३० एबी २६५७ नम्बरको मोटरसाइकललाई भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक पासवानलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको छ ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार