नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ पुस ।
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३-२ ले पराजित गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको १६ औं मिनेटमा बार्सिलोनाका फेरान ब्लाङ्कले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको १९ औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । पहिलो हाफ २-० मा सकिएको खेलमा दोस्रो हाफमा बार्सिलोनाले थप १ गोल गर्दा इल्चेले २ गोल गर्यो ।
खेलको ६२ औं मिनेटमा इल्चेका टेटे मोरेन्टेले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । यस्तै खेलको खेलको ६३ औं मिनेटमा इल्चेका पेरे मिल्लाले गोल गर्दी खेललाई २-२ को बराबरीमा ल्याए । तर खेलको खेलको ८५ औं मिनेटमा निको गोन्जालेजले गोल गर्दै बार्सिलोनालाई ३-२ को कठिन जित दिलाए । जितसँगै बार्सिलोना १७ खेलमा २७ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ भने समान खेलमा १५ अंक जोडेको इल्चे १६ औं स्थानमा रहेको छ ।