नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ पुस ।

नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को आइतबार दिउँसो सवा तीन बजे सम्म ३५ पदका लागि २९९३ मतगणना भएको छ ।
खुल्ला केन्द्रीय सदस्यमा २९९३ मत गन्दा शशांक कोइरालाले सर्वाधिक २४४२ मत पाएका छन् भने एनपी साउदले १८९६ मत प्राप्त गरेका छन् । त्यस्तै बालकृष्ण खाणले १८५१, उदयशम्शेर राणाले १८०८, रमेश लेखकले १७८२, शंकर भण्डारी १७७१, रामहरि खतिवडा १७७०, ज्ञानेन्द्रबहादुर कार्की १७६४ रअर्जुन नरसिंह केसीले १७१० मत प्राप्त गरे ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिले केन्द्रीय सदस्य खुलातर्फ ९९ जनाको प्रतिस्पर्धा रहेको जनाएको छ ।
सूची

