
काठमाडौँ सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-६ बौद्ध पाटीटार बस्ने ५५ वर्षीय अनुज कार्की बौद्ध नागेश्वर गल्लीस्थित सडक पेटीमा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यसैगरी कास्की, पोखरा महानगरपालिका-३३ बहुमारास्थित सडक छेउमा सोही महानगरपालिका-२७ बुढी बजार बस्ने ६५ वर्षीय वृक्षाराम बिक शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटनस्थित डेविट फल्सको खोचमा सोही महानगरपालिका-१७ शितलचौतारी बस्ने धादिङ ज्वालामुखी गाउँपालिका- ४ घर भएका ४१ वर्षीय सुनिल परियार शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै कैलाली, जानकी गाउँपालिका-९ अमरावती सामुदायिक वनमा सोही ठाउँ बस्ने २५ वर्षीय अरुण दास शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै बाँके, कोहलपुर नगरपालिका-७ पर्सेनिपुर बस्ने ३२ वर्षीया कमला बस्नेत आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी लमजुङ, सुन्दरबजार नगरपालिका-६ नमुना टोल बस्ने ३० वर्षीया सरस्वती गौली आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
