महामन्त्री विश्वप्रकाश शर्माले गरे यस्तो घोषणा

नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका विश्वप्रकाश शर्माले काँग्रेसको प्रवक्ताको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् ।

आज (सोमबार) सोमबार राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै उनले काँग्रेसको प्रवक्ताको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका हुन् । शर्माले आफूले पार्टीमा नयाँ जिम्मेवारी पाएको भन्दै आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने बताएका हुन् । उनले अरु नेतालाई जिम्मेवारी दिन आफूले यस्तो घोषणा गरेको बताए ।



त्यस्तै उनले आवश्यक परे आफू जति बेला पनि उपलब्ध हुने बताए । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका थिए ।

सम्बन्धित समाचार