नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ पुस ।
क्रिकेट खेलाडी संघ नेपाल(सिप्यान) ले नेपाल क्रिकेट संघ(क्यान) र खेलाडीबीच पछिल्लो समय भएको विवाद मिलाउन आग्रह गरेको छ ।
आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले यस्तो आग्रह गरेको हो । त्यस्तै सिप्यानले खेलाडीको सेन्ट्रल कन्ट्रयाक्ट वर्गीकरणको विषयलाई लिएर हाल देखिएको क्यान र खेलाडीबीचको विवादप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
खेलाडीहरूले आफ्ना भावना तथा आवाज अगाडि राख्न खोज्दा ती मागको उचित सम्बोधन गर्नुको सट्टा क्यानले खेलाडीहरूमाथि नै गरिएका कारवाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सृजना भएको सिप्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गत २९ मंसिरमा बसेको क्यानको बोर्ड बैठकले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको थियो भने दुई खेलाडीसँगै कमलसिंह ऐरी र सोमपाल कामीलाई २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरुको ६ महिनाका लागि सहभागिता नगराउने निर्णय गरेको थियो ।
विज्ञप्ति :