
प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।
आजको बैठक पनि नेकपा एमालेले अवरुद्ध गर्नेछ । ‘नयाँ घटनाक्रम विकास नभएकाले हामी पूर्ववत रुपमा अगाडि बढ्ने छौँ,’ नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हामी आजको बैठकमा पनि पूर्ववत रुपमा प्रस्तुत हुने छौं ।’
बैठकमा एमसीसी टेवुल गर्ने तयारीमा गठबन्धन रहेको चर्चा छ ।

