प्रदेश-२ मा कांग्रेस अधिवेशन आज, देउवाविरुद्ध निधि र कोइरालाको गठबन्धन

नेपाली कांग्रेसको प्रदेश-२ अधिवेशन आजदेखि हुँदैछ । आज दिउँसो १ बजे उम्मेदवारको मनोनयन गर्ने समय तोकिएको प्रदेश निर्वाचन समितिले जनाएको छ । समितिकाअनुसार चुनाव भोलि हुनेछ ।

प्रदेश-२ मा सभापति शेरबहादुर देउवाविरुद्ध शेखर कोइराला र विमलेन्द्र निधि समूहबीच गठबन्धन बनेको छ । देउवा समूहले सभापतिमा कृष्ण यादवलाई उम्मेदवारमा अघि सारेको छ भने निधिले आफू निकट रामसरोज यादवलाई अघि सारेका छन् ।



कोइराला समूहले निधिका उम्मेदवार यादवलाई नै समर्थन गर्ने भएको छ । प्रदेश सभा संसदीय दलका नेता समेत रहेका रामसरोज यादव अहिले भौतिक पूर्वाधार मन्त्री रहेका छन् । गृह प्रदेशमा आफ्नो प्रभाव स्थापित गराउने प्रयासमा निधि छन् ।

कोइराला समूहले पनि प्रदेश-२ को अधिवेशनलाई प्रतिष्ठाको रुपमा लिएको छ । प्रदेश-२ को चुनावमा झण्डै २ हजार ७५ मतदाता छन् । कांग्रेसको विधानअनुसार प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि मतदाता हुन्छन् ।

 

सम्बन्धित समाचार