अमेरिकामा नयाँ संक्रमितमध्ये ७३ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि

तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट अहिले अमेरिकामा अन्य भेरियन्टमाथि हाबी हुन थालेको छ।सोमबार अमेरिकाको रोग नियन्त्रण केन्द्रले दिएको जानकारी अनुसार पछिल्लो एक सातामा भेटिएका नयाँ संक्रमितमध्ये ७३.२ प्रतिशत संक्रमितमा ओमिक्रोन भेरियन्ट देखिएको हो।

सीडीसीका अनुसार अमेरिकाको केही राज्यमा नयाँ संक्रमितमध्ये ९० प्रतिशतभन्दा धेरैमा ओमिक्रोन भेरियन्टसहितको संक्रमण देखिएको छ। ओमिक्रोन संक्रमणको विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ।



प्रारम्भिक तथ्यांकले ओमिक्रोन भेरियन्ट निकै संक्रामक हुन सक्ने देखाएको छ। यद्यपि यो भेरियन्टले संक्रमितलाई यसअघिको डेल्टा भेरियन्टमा जस्तो गम्भीर बिरामी भने नबनाउने केही संकेत देखिएको छ।

 

सम्बन्धित समाचार