
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा आज सांसद प्रेम सुवालले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्ने कार्यक्रम छ । त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।
सांसद सुवालले नै फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस भन्ने प्रस्ताव पेस गर्नेछन् । सोही प्रस्तावमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री बडूले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनि पेस गर्ने कार्यक्रम रहेको छ ।
भिडियो-
भिडियो साभार – House of Representative Nepal प्रतिनिधि सभा नेपाल

