काठमाडौं मोडल कलेजका एक विद्यार्थीको मृत्यु

काठमाडौँको बागबजारमा अवस्थित काठमाडौं मोडल कलेज (केएमसी) का एक विद्यार्थीको मृत्यु भएको छ । कक्षा ११ मा अध्ययनरत १८ वर्षीय सुशील सहनीको मृत्यु भएको हो ।

कलेजको होस्टलमा बस्दै आएका सहनी बाथरुममा नुहाउन गएको धेरै समयसम्म ननिस्केपछि होस्टलका कर्मचारीले ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा भेटिएका उनलाई तत्काल उपचारको लागि सोमबार प्रदर्शनीमार्गस्थित काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको थियो ।



अस्पतालको आइसियुमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको परिवारलाई काठमाडौँ बोलाइएको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार