एमसीसीको विरोधमा राजधानीमा प्रदर्शन

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा आठवटा पार्टी र मोर्चाहरुले विरोध प्रदर्शन गरेका छन् ।

आज (मंगलबार) आठवटा पार्टी र मोर्चाहरुले माइतीघरदेखि बानेश्वरसम्म र्‍याली निकालेको थियो । एमसीसीको विरोधमा उनीहरु संसद् भवनअघि पुगेर प्रदर्शन गरेका थिए । कार्यक्रम संसद् भवनअघि नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीले एमसीसी नचाहिने भन्ने प्ले कार्ड बोक्दै विरोध गरेका थिए ।



विरोध कार्यक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित आठवटा पार्टी र मोर्चाहरुको सहभागिता रहेको थियो । एमसीसीको विषयमा अहिले सत्ता गठवन्धनबीच पनि मतभेद हुँदै आएको छ ।

सम्बन्धित समाचार