नेपाल लाइफ इन्स्योरेन्सद्वारा देशकै नं. १ बीमा कम्पनी भएको दावी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफूलाई जीवन बीमाका क्षेत्रमा देशकै नं. १ जीवन बीमा कम्पनी भएको दावी गरेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चार माध्याममार्फत ‘नेपालकै न. १’ अभियान सार्वजनिक गरी तथ्यपरक प्रमाणहरू प्रस्तुत गर्दै सो दावी गरेको कम्पनीबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले प्रस्तुत गरेका तथ्यपरक जानकारीअनुसार आ.व. २०७८-७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग ११८.७६ अर्बको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी, ७.१९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको छ । साथै अधिकांश सूचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीले जनाएको छ ।



नेपाल लाइफ इन्स्योरेन्सले जनतामा जीवन बीमाको महत्वका बारे सचेतना जगाउने उद्देश्यका साथ पुष ६ गतेदेखि नेपालकै नं. १ अभियान सार्वजनिक गरिएको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरीले बताए । उनले अभियानमार्फत् कम्पनीलाई यस उचाईँसम्म पु¥याउन उल्लेख्य सहयोग तथा सहकार्य पुर्याएका शेयरहोल्डर्स, कर्मचारी, अभिकर्ता लगायत प्रत्यक्ष÷परोक्षरूपमा भूमिका खेल्नुहुने सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवादका साथै कृतज्ञता ज्ञापन गर्नु पनि यसको उद्देश्य रहेको जानकारी दिए ।

कम्पनीको सफलताका बारेमा तथ्यपरक प्रमाणहरू प्रस्तुत गर्दै जनता माझ जीवन बीमाका बारेमा सचेतना फैलाउने उद्देश्यका साथ पुष ६ गतेदेखि सञ्चालनमा ल्याइएको यस ‘नेपालकै नं. १’ अभियानमार्फत् नेपाल लाइफका लागि ग्राहक महानुभाव तथा लक्षित वर्गको अझ धेरै विश्वास प्राप्त हुने कम्पनीले विश्वास लिएको पनि जनाइएको छ ।

सम्बन्धित समाचार