आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

३ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १७ हजार ८९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १२ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र चार हजार ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५७७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २३२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख ९ हजार ३८७ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार २४२ रहेको छ । जसमा ४ हजार ९९३ जना होम आइसोलेसनमा छन् भने २४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ९५ संक्रमित आईसीयूमा र २५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २६ हजार २०६ र एन्टिजेन विधिबाट ९६ हजार २१ जना पुगेको छ ।

सम्बन्धित समाचार