मधेशी महिलातर्फको काँग्रेस केन्द्रीय सदस्यमा को-को भए विजयी ?

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत समावेशी मधेशी महिलातर्फ मुक्ताकुमारी यादव लोकप्रिय मत ल्याउदै निर्वाचित भएकी छिन् ।

मंगलबार सकिएको अन्तिम मत परिणाम अनुसार लोकप्रिय मत सहित मुक्ताकुमारी यादव ३,९६९ मत पाएकी छिन् । त्यस्तै मिनाक्षी झा ३,०१२, मञ्जुकुमारी यादव २,८८३ र नागिना यादव २,८४६ मत ल्याएर विजयी भएको समितिले जनाएको छ ।



गत मङ्सिर २७ गते पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको ७२ जनाको मत परिणाम सार्वजनिक भएको छ । समावेशीतर्फका बाँकी ६२ केन्द्रीय सदस्यको मत परिणाम पनि बुधबारसम्म सार्वजनिक गर्ने गरी मत गणना भइरहेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।

सम्बन्धित समाचार