संसद्मा मेरो उपस्थितिले ओलीको सातो जान्छ: नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद्‌मा आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको दाबी गरेका छन्।संसद्‌‌मा आफ्नो उपस्थितिले ओलीको सातो गए पनि आफूहरूको ध्येय भने कम्युनिष्ट आन्दोलन र नेपाल राष्ट्रको गरिमालाई उचो बनाउनु रहेको नेपालले बताए।

मंगलबार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमालेले संसद्को कहिल्यै सम्मान नगरेको दाबी गरे। एमालेले संसदीय मर्यादाको समेत पालना नगरेको अध्यक्ष नेपालको आरोप थियो। उनले एमालेले संसद्‌बाट आफूहरूलाई हटाउन दबाव दिए पनि त्यो अधिकार कसैलाई नरहेको बताए।



अध्यक्ष नेपालले भने, ‘मेरो उपस्थितिले केपी ओलीको सातो गइरहेको छ। सातो जाओस्। केही मतलब छैन।’ उनले कम्युनिष्ट आन्दोलन जोगाउनुपर्नेमा जोड दिए। कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउनु आफूहरूको ध्येय भएको उनले चर्चा गरे।

सम्बन्धित समाचार