कांग्रेस महाधिवेशन:यी हुन् आज थपिएका २१ केन्द्रीय सदस्य

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज सकिएको मतगणनामा २१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । आज सकिएको मत गणनाबाट प्रदेश १, वाग्मती, कर्णाली प्रदेश र मुस्लिमतर्फ तीन–तीन जना तथा मधेशीतर्फ नौ जना निर्वाचित भएका कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

प्रदेश १ को खुलातर्फ अमृत अर्याल र राजीव कोइराला तथा प्रदेश १ को महिलातर्फ महेन्द्रकुमारी लिम्बु विजयी भइन् । वाग्मती प्रदशेको खुलातर्फ ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी तथा वाग्मती प्रदेशको महिलातर्फ उर्मिला नेपाल केसी विजयी भए ।



यस्तै कर्णालीको खुलातर्फ राजेशविक्रम शाही र कर्णबहादुर बुढा तथा महिलातर्फ जानकी सिंह विजयी भइन्। मधेशी खुलातर्फ अजय चौरसिया, विनोद चौधरी, चन्द्रमोहन यादव, दिनेशकुमार यादव र महेन्द्रकुमार राय निर्वाचित भए । मधेशी महिलातर्फ मक्ताकुमारी यादव, मिनाक्षी झा, मञ्जुकुमारी यादव र नागिना यादव निर्वाचित भइन् ।

मुस्लिम खुलातर्फ अब्दुल रज्जाक र अब्दुल सतार तथा मुस्लिम महिलातर्फ जावेदा खातुन जागा विजयी भए । यसअघि पदाधिकारीसँगै खुला केन्द्रीय सदस्य र महिला केन्द्रीय सदस्यको मत गणना भइसकेको छ । अरू क्लस्टरको मत गणना भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

सम्बन्धित समाचार